• १५ जेष्ठ २०८१, मंगलवार
  • 10:52:32 PM

हाम्रा सम्पूर्ण आदरणीय अडियन्स (सब्स्क्राइबर्स, फलाेअर्स, दर्शक, श्राेता र पाठक) वर्गमा हाम्राे भ्युज नेपाल अनलाइनका तर्फबाट अनि यसै भ्युज नेपाल अनलाइन टिमका हामी प्रत्येक सदस्यकाे व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार । समाजकाे पहरेदारका रुपमा पत्रकारिताकाे महत्त्व दिनानुदिन बढ्दाे छ । छापा, रेडियाे र टेलिभिजन पत्रकारिताकाे उत्पत्ति र समयक्रमकाे प्रचलन र विकाससँगै सन् १९९० मा विश्वव्यापी इन्टरनेट सञ्जाल डब्लु.डब्लु.डब्लु. (वल्ड वाइड वेब)का माध्यमबाट विकास भएकाे अनलाइन अर्थात न्यु मिडिया पत्रकारितामा एउटा इँटा थप्ने उद्देश्यले भ्युज नेपालकाे जन्म भएकाे छ । अनलाइन पत्रकारिताकाे सुरुवात र विकासले विश्वमा पत्रकारिताका यथेष्ट सम्भावनालाई उजागर त गरेकाे छ तर सँगसँगै यसले अनेकौं अनेक चुनाैतीकाे सिर्जना र सामना पनि गरेकाे छ । यही सम्भावना र चुनाैतीका चाङबिच विशुद्ध इमान्दार, मर्यादित , निष्पक्ष र पूर्ण व्यावसायिक पत्रकारिताकाे उदाहरण पेश गर्दै अनलाइन पत्रकारितामा एउटा उदाहरणीय मानकका रुपमा स्थापित हुने पवित्र उद्देश्य लिएर हामीले भ्युज नेपाल अनलाइन डट कमलाई जन्म दिन लागेका हाैं । भ्युज नेपाल अनलाइनमा दई दशकभन्दा अघिदेखि पत्रकारिताका सिद्धान्त र अभ्यासकाे अध्ययन, अनुभव र अध्यापनमा सक्रिय पत्रकार , पत्रकारिता शिक्षक र प्रशिक्षककाे संलगनता छ । यसमा व्यावसायीक रुपले सामाजिक पत्रकारितामा नै आफ्नाे सम्पुर्ण शक्ति र उर्जा खर्च गर्ने चाहना बाेकेका बुद्धिजीवी, विचारक र विश्लेषककाे सामुहिक प्रयास जाेडिएकाे छ । पत्रकारिताकाे हरेक सिद्धान्त, कर्तव्य , जिम्मेवारी र उत्तरदायित्वलाई भ्युज नेपाल अनलाइनले कर्तव्यनिष्ठ भएर आत्मसात गर्दै अघि बढ्ने छ । सत्यतथ्ययुक्त सन्तुलित र विश्वसनीय समाचार र विचारमार्फत समाजकाे पहरेदारी गर्ने अनि विकृति र विसङ्गतीविरुद्ध खबरदारी गर्ने प्रण भ्युज नेपालले गरेकाे छ । समाज, देश, दुनियाँ र मानवजगत अनि आफ्नाे पेशा र खासगरी आफ्ना सबै सचेत, आदरणीय र न्यायप्रेमी अडियन्सप्रति बफादारिताका साथ प्रस्तुत भइरहनमा भ्युज नेपाल पूर्ण प्रतिबद्ध छ । हामी हाम्रा तमाम आदरणीय पाठक, दर्शक, श्राेता , फलाेअर्स र सब्सक्राइबर्स (अडियन्स)बाट प्रतिक्रिया स्वरुप अमुल्य सल्लाह र सुझावहरु प्राप्त भइरहनेमा पूर्ण आशावादी छाैं । धन्यवाद । शुभकामना ।