• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:20:25 PM

प्रकाशकीय

- असार १६, २०८० मा प्रकाशित


हाम्रा सम्पूर्ण आदरणीय अडियन्स (सब्सक्राइबर्स, फलाेअर्स, दर्शक, श्राेता र पाठक) वर्गमा हाम्राे न्यानाे अभिवादन । भ्युजनेपाल अनलाइनका तर्फबाट अनि भ्युजनेपाल अनलाइन टिमका हामी प्रत्येक सदस्यकाे व्यक्तिगत तर्फबाट पनि सबैमा हार्दिक नमस्कार ।

समाजकाे पहरेदारका रुपमा पत्रकारिताकाे महत्त्व दिनानुदिन बढ्दाे छ । छापा, रेडियाे र टेलिभिजन पत्रकारिताकाे उत्पत्ति, प्रचलन र समयक्रमकाे विकाससँगै सन् १९९० मा विश्वव्यापी इन्टरनेट सञ्जाल डब्लु.डब्लु.डब्लु. (वल्ड वाइड वेब)काे सुरुवात भयाे । यसैका माध्यमबाट अनलाइन अर्थात न्यु मिडिया पत्रकारिताकाे उत्पत्ति भएकाे हाे र त्यसयता बहुमाध्यम (मल्टिमिडिया) पत्रकारिताका रुपमा यसकाे विकास हुँदै आएकाे छ । अनलाइन पत्रकारिताकाे यही विकासक्रममा एउटा इँटा थप्ने उद्देश्यले हामीले भ्युजनेपाल अनलाइन सुरु गर्न लागेका हाैं ।

अनलाइन पत्रकारिताकाे सुरुवात र विकासले विश्वमा पत्रकारिताका यथेष्ट सम्भावनालाई उजागर त गरेकाे छ तर सँगसँगै यसले अनेकौं अनेक चुनाैतीकाे सिर्जना र सामना पनि गर्नुपरेकाे छ । यही सम्भावना र चुनाैतीका चाङबिच विशुद्ध इमान्दार, मर्यादित , निष्पक्ष र पूर्ण व्यावसायिक पत्रकारिताकाे उदाहरण पेश गर्न भ्युजनेपाल अनलाइनकाे जन्म भएकाे हाे । अनलाइन पत्रकारितामा एउटा उदाहरणीय मानकका रुपमा स्थापित हुने पवित्र उद्देश्य लिएर हामीले भ्युजनेपाल अनलाइन डटकमलाई हुर्काउन लागेका हाैं ।

भ्युजनेपाल अनलाइनमा दई दशकभन्दा अघिदेखि पत्रकारिताका सिद्धान्त र अभ्यासकाे अध्ययन, अनुभव र अध्यापनमा सक्रिय पत्रकार , पत्रकारिता शिक्षक र प्रशिक्षककाे संलगनता छ । यसमा व्यावसायिक रुपले सामाजिक पत्रकारितामा नै आफ्नाे सम्पुर्ण शक्ति र उर्जा खर्च गर्ने चाहना बाेकेका बुद्धिजीवी, विचारक र विश्लेषककाे सामुहिक प्रयास जाेडिएकाे छ ।

पत्रकारिताकाे हरेक सिद्धान्त, कर्तव्य , जिम्मेवारी र उत्तरदायित्वलाई भ्युजनेपाल अनलाइनले कर्तव्यनिष्ठ भएर आत्मसात गर्दै अघि बढ्ने छ ।

सत्यतथ्ययुक्त सन्तुलित र विश्वसनीय समाचार र विचारमार्फत समाजकाे पहरेदारी गर्ने अनि विकृति र विसङ्गतीविरुद्ध खबरदारी गर्ने प्रण भ्युजनेपालले गरेकाे छ ।

समाज, देश, दुनियाँ र मानवजगत अनि आफ्नाे पेशा र खासगरी आफ्ना सबै सचेत, आदरणीय र न्यायप्रेमी अडियन्सप्रति बफादारिताका साथ प्रस्तुत भइरहनेमा भ्युजनेपाल पूर्ण प्रतिबद्ध छ ।

हामी हाम्रा तमाम आदरणीय अडियन्स ( पाठक, दर्शक, श्राेता , फलाेअर्स र सब्सक्राइबर्स) बाट प्रतिक्रिया स्वरुप अमुल्य सल्लाह र सुझावहरु प्राप्त भइरहनेमा पूर्ण आशावादी छाैं ।

( हामी अहिले भ्युजनेपाल अनलाइन डटकमकाे परिक्षण प्रकाशनकाे चरणमा छाैं । यसकाे विधिवत र ओैपचारिक प्रकाशनकाे सुखद खबर लिएर हामी यथाशीघ्र तपाईंका बिचमा आउने नै छाैं । यसका लागि पनि तपाईंको अमुल्य सल्लाह र सुझाव हाम्रा लागि अपरिहार्य र अपेक्षित छ ।)

धन्यवाद । शुभकामना ।

Comments