• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:15:37 PM

आज श्रीकृष्ण जन्माष्ठमी

- भाद्र २०, २०८० मा प्रकाशित


भ्युज नेपाल

काठमाडौं /२० भदौ २०८०, बुधबार ।


आज हिन्दु धर्मावलम्बीका मुख्य मध्ये एक धार्मिक पर्व हाे । याे हिन्दु आराध्यदेव भगवान श्रीकृष्णकाे जन्माेत्सवका रुपमा मनाइने कृष्ण जन्माष्ठमी पर्व हाे ।

कृष्ण जन्माष्ठमी पर्वकाे हिन्दु धर्ममा विशेष महत्त्व छ । याे पर्व भगवान श्री कृष्णको जन्म तिथिको अवसरमा मनाइने गरिन्छ । कृष्ण हिन्दु धर्मका एक आदर्श  आराध्य देवता हुन् जसकाे भगवद गीता र महाभारत पुराणमा अनेक महत्त्वपूर्ण किर्तिमानी चर्चा हुने गदर्छ । उनका महान कार्य र उनले दिएका ज्ञानका उपदेशलाई हिन्दु धर्मावलम्बीले आदर्शका रुपमा मान्ने  गरेका छन् ।

आजकाे दिनमा भगवान श्री कृष्णको बाललीला (बचपनका अनेक अनाैठा कार्यहरू) , रसलीला (किशाेर र युवा उमेरमा राधा र अन्य १६ सय गोपिनीहरुसँगका प्रेम र अन्य रमाइला प्रसङ्ग) का कथाहरुकाे सम्झना गरिन्छ ।

श्री कृष्ण जन्माष्ठमीमा खासगरी भगवान श्रीकृष्ण लगायत अन्य हिन्दु देवी- देवताकाे पूजा आराधना, आरती, भजन, व्रत, ध्यान, आदि अनेक धार्मिक क्रियाकलाप गर्ने गरिन्छ । हिन्दु धर्मावलम्बीले यस पर्वको अवसरमा भगवान श्रीकृष्णकाे आशिर्वाद प्राप्त गर्नका लागि अनेक पूजा, भक्ति, तपस्या, र मन्त्र जप गर्ने  गर्दछन् ।

हरेक साल भाद्र कृष्ण सप्तमीका दिनदेखि एक छाक मात्रै खाइ व्रत आरम्भ गरिन्छ । भाेलिपल्ट अष्ठमी तिथि को मध्य राति भगवान श्री कृष्णको जन्म भएको मानिन्छ र त्यस दिन बिहानदेखि दिनभर व्रत बसेर पूजाआजा गरिन्छ ।

श्री कृष्ण जन्माष्ठमी पर्वले भगवान कृष्णको जन्मको महत्त्वपूर्ण घटनाकाे सम्झना गराउँछ र भक्तहरूलाई धार्मिक आस्थाप्रति आकर्षित गराउँछ।

भगवान श्री कृष्ण हिन्दु धर्मका धेरैमध्ये एक महत्त्वपूर्ण आराध्य देव हुन् जसले बहुमूल्य धार्मिक शिक्षाहरू प्रदान गरेका छन् । शास्त्रहरुमा चर्चा गरिए अनुसार भगवान श्री कृष्ण बारेका केही प्रमुख र महत्त्वपूर्ण प्रसङ्गहरु  निम्नलिखित छन् ।

भगवान श्री कृष्णको जन्म गुप्त गोकुल नामक स्थानमा अवस्थित माथुराको द्वारिका नगरमा भएको थियो । उनको जन्म भाद्र कृष्णअष्ठमी तिथिका दिन मध्यरातमा भएको थियो, जसलाई श्री कृष्ण जन्माष्ठमी पर्वका रुपमा मनाइने गरिएको छ । 

खासमा कृष्णकी माता देवकी हुन् । भगवान कृष्णको पिता बसुदेव थिए । कृष्णकाे मातापितालाई कंशले जेलमा राखेका थिए । उनकाे जन्म द्वारकाकाे जेलमा नै भएकाे थियाे ।  तर उनकाे पालनपोषण भने गोकुलमा गोप्य रूपमा भएको थियाे । बसुदेव र देवकीका आठाैं सन्तानले आफ्नाे नाश गर्ने भविष्यवाणीबाट तर्सिएका कंशले बहिनी देवकी र ज्वाइँ बसुदेवलाई कारागारमा राखेका थिए । यसै कारणले कारागारमा जन्मने बित्तिकै कृष्णलाई बसुदेवले गाेप्य रुपमा माता यशोदा र नंदजीकाे जिम्मा लगाएका थिए । यसरी कृष्णकाे पालन-पोषण यशाेदा र नन्दजीद्वारा गाेकुलमा भएकाे थियाे । बसुदेव र यशाेदालाई नै भगवान श्री कृष्ण आफ्ना प्रिय पिता माता मान्दथे ।

भगवत गीता र महाभारतमा उल्लेख गरिए अनुसार  भगवान श्री कृष्णले उनको जीवनकालमा अनेक महत्त्वपूर्ण लीलाहरू गरेका थिए । बाल्यकालमा मक्खन चाेरी र अनेक बिगाे उपद्राे,  राक्षसिनी पुतना र  कालिया नागकाे बध, राधा र अरु गाेपिनीहरुसँगका प्रेम र रसलीला, द्राैपदीकाे इज्जतकाे रक्षा, गीता उपदेश मार्फत अर्जुनको मोह भङ्ग , आदि अनेकाैं अनेक किर्ति गरेका छन् । तिनै किर्तिहरु मार्फत उनको आदर्श र दिव्य ज्ञान र उपदेशले मानव जीवनका लागि आदर्श शिक्षा प्रदान गरेका छन् ।

महाभारतमा, कृष्णले अर्जुनलाई  गीता उपदेश दिएका थिए, जस माफर्त उनले जीवन, जगत, धर्म, कर्म, भक्ति, र ज्ञानको अद्वितीय शिक्षा प्रदान गरेका थिए ।

  • सुनील पाैडेल

Comments