• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:17:09 PM

भावनामा नबहकिओैं , मर्यादामा चलाैं

- भाद्र २०, २०८० मा प्रकाशित


  • सुनील पाैडेल

ईलामको माइजोगमाई गाउँपालिकाका कर्मचारीहरु, हाकिम भनिएका पुरुष र सोही कार्यालयकी लेखा अधिकृत भनिएकी महिला, बिचका याैनजन्य क्रियाकलापकाे भिडियाे फेसबुक लगायतका सामाजिक सञ्जालमा ब्यापक छ । उनीहरुबिच विभिन्न समयमा कार्यालयभित्रै हुने गरेका यौनजन्य क्रियाकलापकाे सिसिटिभि भिडियाे फुटेज जस्ताकाे तस्तै सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै भाइरल बनेकाे हाे ।

सामाजिक सञ्जालका व्यक्तिगत एकाउन्टबाट मात्रै हाेइन विभिन्न अनलाइन न्युज पाेर्टल लगायत अन्य धेरै मिडियाबाट समेत भिडियाे जस्ताकाे तस्तै सार्वजनिक भइरहकाे देखिन्छ ।

जनताकाे सेवाका लागि खटिएका सरकारी कर्मचारीले कार्यालयमा नै गरेकाे याे खालकाे अनेैतिक र लज्जास्पद हरकत निन्दनीय र कारबाही याेग्य त छ नै ।

यस्ता अनैतिक हरकत गर्नेहरुकाे जतिसक्दो धेरै निन्दा र बेइज्जती भएकाे राम्राे लाग्नु भावनात्मक हिसाबले स्वभाविक हाे । तर कानुनी रुपमा र पत्रकारिताकाे आचारसंहिताकाे कसीमा यसरी सामाग्री प्रकाशन \ प्रसारण गर्नु ठीक हाेइन भन्ने कुरा हामी आम पत्रकार, मिडियाकर्मी , अडियन्स र सामाजिक सञ्जाल प्रयाेगकर्ताले सम्झन अत्यन्तै जरुरी छ ।

कसैकाे सामाजिक, इज्जत- प्रतिष्ठा र गरिमामा चाेट पुग्ने, गाली , बेइज्जती तथा मानहानी गर्ने \ गराउने , कसैका विरुद्ध समाजमा निन्दा एवम् घृणा फैलाउने, अश्लील तथा याैनजन्य लगायतका सामाग्रीकाे सार्वजनीकरण कानुनद्वारा बर्जित छ भन्ने कुराकाे हेक्का हामीले राख्नुपर्छ । गाली बेइज्जती ऐन, छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन , प्रकाशन तथा प्रसारण ऐन, प्रेस काउन्सिल ऐन जस्ता मिडिया र प्रकाशन तथा प्रसारण सम्बन्धि विभिन्न नीति निर्देशक ऐन तथा नियमावली एवम् कार्वविधी तथा निर्देशिका लगायतका कानुन तथा आचारसंहिताकाे पालना सबैले गर्न जरुरी हुन्छ ।

अनैतिक व्यक्ति र क्रियाकलाप विरुद्धको आक्राेश र सार्वजनिक हितका निम्ति भावनात्मक रुपमा यस्ता सामाग्री सार्वजनिक गर्नु धेरैलाई ठीक लागेकाे हुनसक्छ । तर कानुनी र नैतिक रुपमा बर्जित सामाग्री प्रकाशन \ प्रशारण गर्दा त्यसाे गर्ने जाे काेही पनि कानुनी कारबाहीमा पर्ने स्पष्ट कानुनी प्रावधान छ भन्ने बिर्सनु मूर्खता हाे ।

मर्यादाको ख्याल नगर्ने नैतिकताहिन मानिसबारे सामाग्री प्रस्तुत गर्नेले कुनै पनि कानुनी , नैतिक र पेशागत मर्यादा पटक्कै भूल्नु हुँदैन ।

    - सुनील पाैडेल
Comments