• १५ जेष्ठ २०८१, मंगलवार
  • 10:40:02 PM

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चकाे आदेश

- भाद्र २१, २०८० मा प्रकाशित


  • भ्युज नेपाल
  • बिहिवार , २१ भदाै २०८० / काठमाडौं

सर्वाेेच्च अदालतले नेकपा एमालेका नेता एवम् सांसद हिक्मत कार्कीलाई २४ घण्टाभित्र काेशी प्रदेश सरकारकाे मुख्यमन्त्री पदमा नियुक्त गर्न आदेश दिएकाे खबर छ ।

काेशी प्रदेश संसदमा सबैभन्दा ठूलाे दलकाे संसदीय दलका नेताका हैसियतले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वाेच्चले परमादेश जारी गरेकाे हाे ।

खबर अनुसार सर्वोच्च अदालतको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गरेको छ ।

४० जना सांसद सहित कूल ९३ सदस्यीय काेशी प्रदेश संसदमा एमाले सबैभन्दा ठूलो दल हो ।

Comments