• १० असार २०८१, आईतवार
  • 1:34:38 PM

जी-२० सम्मेलन नयाँदिल्लीमा सुरु

- भाद्र २३, २०८० मा प्रकाशित


  • भ्युजनेपाल
  • शनिवार, २३ भदाै २०८० / काठमाडौं

विश्वका शक्तिशाली मध्येका २० प्रमुख देशहरुकाे समुह, ग्रुप अफ ट्वन्टी, (जी-२०) काे १८ओैं सम्मेलन  आज भारतकाे नयाँ दिल्लीमा सुरु भएको छ ।

नयाँ दिल्लीस्थित प्रगति मैदानमा रहेकाे भारत मण्डपम अन्तर्राष्ट्रिय प्रदर्शनी तथा सम्मेलन केन्द्र (आइ.ई.सि.सि) मा सुरु सम्मेलनमा  भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले उपस्थित सबैलाई स्वागत गरेका छन् । आयाेजक सदस्य राष्ट्रकाे कार्यकारी प्रमुख एवम् सम्मेलन अध्यक्षका हैसियतमा उनले सबै सहभागीलाई स्वागत गरेका हुन् ।

भाेलिसम्म चल्ने याे दुई दिने सम्मेलन जी-२० काे विश्व इतिहासमै दक्षिण एसियामा पहिलो पटक आयाेजित हाे ।

सम्मेलनमा अमेरिकाका राष्ट्रपति जो बाइडेन, बेलायतका  प्रधानमन्त्री ऋषि सुनक सहित २० देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिमध्ये अधिकांश सहभागी छन् । वर्तमान विश्वका विविध विषयबारे छलफल गर्न संसारभरका २० वटा शक्ति राष्ट्रका प्रमुख नेतामध्ये सहभागीहरु भाेलिसम्मका लागि एकै ठाउँ र एउटै मञ्चमा बसेका छन् ।

सहभागीलाई स्वागत गर्दै माेदीले विश्वका सबै राष्ट्र मिलेर काेराेना जस्ताे विश्व महामारीकाे समस्या समेत समाधान गरेको बताए । विश्वमा देखिएका अन्य समस्यालाई पनि यसैगरी सबै मिलेर समाधान गर्नुपर्ने उनले बताए ।

विश्वका प्रमुख शक्तिशाली राष्ट्रहरुकाे समूह जी-२० मा अमेरिका, बेलायत, रुस, चीन, भारत,  अस्ट्रेलिया , कयानडा, फ्रान्स, जापान, दक्षिण काेरिया, जर्मनी, अर्जेन्टिना, ब्राजिल, इण्डोनेसिया, इटली, मेक्सिको, साउदी अरेबिया, दक्षिण अफ्रिका र  टर्की सदस्य राष्ट्रका रुपमा छन् । विश्व अर्थतन्त्रका मुख्य मुद्दाहरूका विषयमा छलफल गर्न महत्त्वपूर्ण औद्योगिक र विकासशील अर्थतन्त्र र आर्थिक शक्तिराष्ट्रहरुलाई प्रणालीगत रूपमा एकसाथ ल्याउने उद्देश्यले जी -२० काे स्थापना भएकाे हाे ।

जी -२० का सदस्य मध्ये अधिकांंश देशका राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा राष्ट्रप्रमुख स्वयं नै सहभागी छन् भने केहीले प्रतिनिधि पठाएका छन् ।

Comments