• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:09:15 PM

म्यानमारले नेपाललाई हरायाे

- भाद्र २५, २०८० मा प्रकाशित


  • भ्युजनेपाल
  • शुक्रवार , २५ भदाै २०८० \ काठमाडौं

म्यानमारकाे घरेलु थुउन्ना रङ्गशालामा भएकाे आजकाे फुटबल खेलमा म्यानमारले नेपाललाई हराएकाे छ । दुई देशबिचकाे दाेस्राे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नपालले ०-१ गाेलकाे अन्तरले हार व्यहोर्नुपरेको हाे ।

खेलकाे दाेस्राे हाफकाे अन्त्यतिर, ८६ ओैं मिनेटमा, म्यानमारका लागि  विन नैइग तुनले गरेकाे गोल नै निर्णायक भएकाे राससले जनाएको छ ।  नेपाल र म्यानमारबिच यसअघिकाे पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल ०-० गाेलकाे बराबरीमा टुंगिएकाे थियाे ।

आगामी अक्टाेबर १२ र १७ तारिखमा नेपालले लाओसका विरुद्ध विश्वकप छनाेटकाे तयारीका लागि दुई खेल खेल्ने तयारी छ । दुईमध्ये एउटा खेल घरेलु मैदानमा हुनेछ भने अर्काे खेल घरेलु मैदान बाहेकमा हुने कार्यक्रम छ ।

Comments