• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:23:47 PM

१०३ एण्टीबायाेटिक ओैषधी प्रयाेगमा सरकारकाे राेक

- आश्विन १, २०८० मा प्रकाशित


  • भ्युजनेपाल / काठमाडौं

सरकारले एक सुचना जारी गर्दै १०३ एन्टीबायोटिक औषधीकाे प्रयोगमा राेक लगाएकाे छ । नेपाल सरकारकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतकाे ओैषधी व्यवस्था विभागले देशभर लागू हुनेगरी सिफारिस नगरिएका प्रतिजैविक ओैषधी र सम्मिश्रणकाे दर्ता, नविकरण, आयात, उत्पादन, बिक्रीवितरण र प्रयोग राेक्न निर्देशन दिँदै २०८०/५/३१ काे मितिमा सुचना जारी गरेकाे हाे ।

आम उपभोक्ता र सरोकारवाला निकायलाई १०३ प्रतिजैविक ओैषधीकाे प्रयाेग राेक्न निर्देशन दिँदै विभागका महानिर्देशक नारायण ढकालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नै ती ओैषधीहरुकाे प्रयाेग नगर्न सिफारिस गरेकाेले नेपालमा पनि प्रयाेग आवश्यक नरहेकाे बताए । “डब्लुएचओले प्रयोगमा नल्याउने भनेर सूची प्रकाशन गरेको एण्टीबायाेटिक औषधी न त नेपालमा दर्ता गर्छौं , न त प्रयोगका लागि अनुमति नै दिन्छौं” , उनले भने । ती १०३ मध्ये दर्ता भैसकेका १३ वटाकाे पनि दर्ता खारेजीकाे प्रक्रिया थालिने ढकालकाे भनाइ छ ।

उनले नेपालमा एण्टीबायाेटिक ओैषधीकाे बढ्दाे अत्यधिक प्रयाेगलाई नियन्त्रण गर्न आवश्यक रहेकाे र अनावश्यक त्यस्ता ओैषधी प्रयाेग राेकथाम र न्युनिकरण गर्न साे निर्देशन दिनुपरेकाे जानकारी दिए ।

Comments