• १५ जेष्ठ २०८१, मंगलवार
  • 10:26:54 PM

एमाले बागमती प्रदेश अधिवेशन: मतदान सम्पन्न, दुई घण्टामा नतिजा सार्वजनिक गरिने

- आश्विन १२, २०८० मा प्रकाशित


  • भ्युजनेपाल
  • १२ असाेज/ काठमाडौं

नेकपा एमाले बागमती प्रदेश कमिटीकाे जारी अधिवेशनमा पदाधिकारी चयनका लागि भएकाे मतदान पार्टी केन्द्रीय कार्यालय च्यासलमा भर्खरै सकिएकाे छ ।

एमाले बागमतीकाे अधिवेशनमा प्रदेशभरबाट चुनिएर आएका कुल ११७२ अधिवेशन प्रतिनिधि मध्ये ११३१ ले मतदान गरेका छन् । ४१ जना प्रतिनिधि भने मतदानमा सहभागी भएनन् ।

११ बजे सम्म मत परिणाम आउने

नेकपा एमाले बागमती प्रदेश कमिटीका पदाधिकारी र सदस्य चयनका लागि भर्खरै सम्पन्न निर्वाचनकाे मतगणना केही बेरमा सुरु हुने बताइएको छ ।

मतगणना सकिएलगत्तै ढिलामा आज राति ११ बजेभित्र मतपरिणाम सार्वजनिक गरिने पनि जनाइएकाे छ ।

Comments