• १५ जेष्ठ २०८१, मंगलवार
  • 11:29:01 PM

एमाले बागमती अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित

- आश्विन १३, २०८० मा प्रकाशित


  • भ्युजनेपाल
  • १३ असाेज २०८०, शनिवार / काठमाडौं

नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन् ।

शुक्रवार राती आएको मत परिणामअनुसार ढुङ्गेलले ६९६ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कृष्ण दाहालले ४३९ मत पाएका छन् । उपाध्यक्षमा दावादोर्जे लामा ६१५ मत ल्याई विजयी भएका छन् ।

एमाले बागमतीकाे सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन् । उनी प्रतिद्वन्द्वी भन्दा १ मत बढी ल्याएर विजयी भएका हुन् । सिलवालले ५६८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हस्त पण्डितले भने ५६७ मत पाए । यस्तै उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत ल्याएर विजयी भए ।

शुक्रवार दिउँसो सुरु भएको मतदान बेलुका सकिएकाे थियाे । एमाले बागमतीकाे अधिवेशनमा प्रदेशभरबाट चुनिएर आएका कुल ११७२ अधिवेशन प्रतिनिधि मध्ये ११३१ ले मतदान गरेका थिए । ४१ जना प्रतिनिधि भने मतदानमा अनुपस्थित रहेका थिए ।

निर्वाचित सबै पदाधिकारी र सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालयमा आयाेजित कार्यक्रममा निर्वाचित भएकाे प्रमाणपत्र दिइने एमालेले जनाएकाे छ ।

Comments