• १५ जेष्ठ २०८१, मंगलवार
  • 10:33:52 PM

फेरि कुटिए डाक्टर

- आश्विन १४, २०८० मा प्रकाशित


  • भ्युजनेपाल
  • आइतबार १४ असाेज २०८० / काठमाडौं

सुरक्षित कार्यस्थलकाे माग राखेर डाक्टरहरुले गरेकाे आन्दाेलन फिर्ता भएकाे केही घण्टा नबित्दै फेरि डाक्टरले कुटाइ खाएका छन् । काठमाडौंकाे सिनामंगलस्थित केएमसी अस्पतालका डाक्टर मनिष खड्कामाथि आज मध्यान्ह करिव १२ बजे कुटपिट भएको हाे ।

घटना लगत्तै अस्पतालले रिपोर्ट गरेपछि गाैशाला प्रहरीले कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र ३४ वर्षीय सरोज गौतमलाई पक्राउ गरेको छ ।

अस्पतालकाे नेफ्रोलोजी विभागको ओपीडीमा भिडभाड भएको भन्दै बिरामी र आफन्तलाई केहीबेर बाहिरै पालाे पर्खनुस् भनिएकाे  थियाे । साेही निहुँमा परिक्षणका लागि आएका बिरामी र आफन्तसँग सामान्य विवाद भएपछि  डाक्टरमाथि हातपात भएकाे अस्पतालका व्यवस्थापक  नारायण दाहाले जानकारी दिए । कुटिएका डाक्टर खड्काकाे अवस्था सामान्य रहेको उनले बताएका छन् ।

स्वास्थ्यकर्मी फेरि आन्दाेलित

चिकित्सक कुटिएपछि केएमसी अस्पतालका स्वास्थ्यकर्मी फेरि आन्दोलित भएका छन् । अहिले उनीहरु अस्पताल परिसर र सिनामंगलस्थित सडकमा उत्रिएर धर्ना बसेका छन् । आन्दोलनका कारण अस्पताल क्षेत्र तनावग्रस्त छ भने अस्पतालकाे सेवा प्रवाह पुरै प्रभावित बनेकाे छ । आन्दाेलनस्थलकाे नियन्त्रण र सुरक्षाका लागि ठूलाे संख्यामा प्रहरी परिचालित छन् ।

हिजाे साँझ मात्रै भएकाे थियाे आन्दाेलन फिर्ताकाे सहमति

शनिबार साँझ मात्रै डाक्टर लगायत स्वास्थ्यकर्मी माथि भएकाे कुटपिटकाे विरुद्धमा आन्दोलनरत डाक्टरहरुकाे तर्फबाट सुरक्षित कार्यस्थल संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएको थियो । सहमति भएसँगै  डाक्टरहरुले  सुरक्षित कार्यस्थलकाे माग सहित जारी राखेकाे आन्दोलन फिर्ता भएको थियो ।

हेर्नुहाेस् समाचार :

सरकारसँग छ बुँदे सम्झाैता गरेसँगै डाक्टरहरुकाे आन्दाेलन फिर्ता


#डाक्टरमाथि_हमला #अस्पताल #आक्रमण

Comments